होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ
समाचार

प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ

  • नागरिक रैबार
प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ

काठमाडौंः प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। नवलपरासी हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपछि प्रहरीले सम्झाउने क्रममा प्रहरीलाई हातपात गरेपछि पक्राउ गरिएको हो। हातपातबाट घाइते भएका २ जना प्रहरी घाइते भएका छन्।

यस्तै सिन्धुली, मरिण गाउँपालिका–६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको आरोपमा सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा बा५४प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक बसन्तले प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेपपछि पक्राउ गरिएको हो।

सिन्धुकै चोकस्थित मरिण गाउँपालिका–६ भुजेल चोकस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुईसय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने महोत्तरी जलेश्वर नगरपालिका–९ फुलहट्ठा बस्ने २८ वर्षीय दिपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। बा १६ च ७८५१ नम्बरको बोलेरोलाई प्रहरीले जाँच गर्ने क्रममा सिट बेल्ट लगाउन आग्रह गर्दा बोलेरो चालक मण्डलले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरेको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार