नागरिक रैबार/बाजुरा ३० फागुन। नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराको अध्यक्षमा शंकर चंदारा चयन भएका छन् । नेकपा एमाले निकट वग्रिय संगठन नेपाल जातीय मुक्ती समाज बाजुराको आईतबार सदरमुकाम मार्तडीमा भएको चौथो जिल्ला सम्मेलनबाट शंकर चंदारा अध्यक्ष रहने गरी ५१ सदस्यीय कमिटी गठन गरिएको छ ।
जसमा उपाध्यक्ष पारुदेवी पारु बिक, सचिव गाैरी सार्की, काेषाध्यक्ष रतन नेपाली, उपसचिव, राम ब बिक, र मीन सार्की सदस्यहरु बुदी विक, सुना लोहार लगायत रहेका छन् । जातीय भेदभाव तथा छुवाछुत अन्त्य गर्न राष्ट्रिय निति निर्माण गरौं, समानुपातिक, समावेशीपूणर् प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं भन्ने मुल नाराका साथ नेपाल जातिय मुक्ती समाज बाजुराको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको थियो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज ४ औ जिल्ला सम्मेलनको अध्यक्षता मोहन नेपाली प्रमुख अथिति केन्द्रीय कमिटी सदस्य मु.सुदूरपश्चिम इन्चार्ज अफिलाल ओखेडा विशिष्ठ अथिति केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया, एमाले बाजुराका प्रचार विभाग प्रमुख काँशी विक लगायत मुक्ति समाजका केन्द्रिय सदस्य तथा जिल्लाका दलित अगुवाहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु