होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शैक्षिक सत्र वैशाखदेखि नै सुरु गर्ने तयारी
समाचार

शैक्षिक सत्र वैशाखदेखि नै सुरु गर्ने तयारी

  • नागरिक रैबार
शैक्षिक सत्र वैशाखदेखि नै सुरु गर्ने तयारी

 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरु गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताएका छन् । एक कक्षामा नयाँ भर्ना लिन परीक्षाले फरक नपार्ने मन्त्रालयका प्रवक्ता शर्माले बताए । ‘वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै हुन्छ । नतिजा प्रकाशन, पुस्तक वितरण र तत्काल पठनपाठन सुरु गर्ने हिसाबले स्कुलहरुले मिलाउनुपर्छ ।’

सामान्यतयाः वैशाखदेखि सुरु भएर चैतमा सकिने शैक्षिक सत्र कोरोना माहामारीका कारण दुई महिना पछि धकेलिएको थियो । २०७७ सालमा मन्त्रिपरिषद्ले शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र परिवर्तनको अधिकार दिएपछि शिक्षा मन्त्रालयले असार १ बाट शैक्षिक सत्र सुरु हुने निर्णय गरेको थियो ।

विज्ञापन

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्ने नियम छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करीब २०० दिन विद्यालय सञ्चालन हुनुपर्छ । त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समावेश हुन्छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि