होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुम्लामा स्वास्थ्य बीमा लोकप्रिय बन्दै
समाचार

जुम्लामा स्वास्थ्य बीमा लोकप्रिय बन्दै

  • नागरिक रैबार
जुम्लामा स्वास्थ्य बीमा लोकप्रिय बन्दै

खलङ्गा, २ फागुन: जुम्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति त्यहाँका स्थानीयवासी आकर्षित भएका छन् । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कलम रावतले बताए ।

स्वास्थ्य बीमाबारे नागरिकले कुनै चासो राखेका थिएनन् तर अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बीमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न र फोनबाट जानकारी लिनेको सङ्ख्या बढेको उक्त कार्यालयले जनाएको छ ।

सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिकका लागि निःशुल्क बीमा कार्यक्रममाअन्तर्गत चार हजार ३५ जनाको बीमा गरिएको छ ।

विज्ञापन

सो अनुसार महिला स्वयंसेविका १८०, पूर्ण अपाङ्गता भएका ४५, क्षयरोग टिभी भएका दुई र एचआइभी सङ्क्रमित एक जनाले बीमा गरेको संयोजक रावतले बताए ।

बीमा गरेबमोजिमको स्वास्थ्य संस्थामा औषधोपचार नपाउने जनगुनासो पनि आउने गरेको कार्यालयले जनाएको छ । अझै यसप्रति नागरिकको कम आकर्षण भएको त्यहाँका सरोकारवालाले बताए ।

जुम्लामै यो कार्यक्रम सञ्चालन भएको झन्डै चार-पाँच वर्ष भए पनि सबै नागरिकको स्वास्थ्य बीमा हुने सकेको छ्रैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि