काठमाडौं । नेकपा (एमाले)ले एमसीसीबारे अझै ‘पर्ख र हेर’को नीति लिएको देखिएको छ ।सोमबार एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सत्ता गठबन्धनले एकीकृत धारणा नबानउँदासम्म आफूहरू ‘पर्ख र हेर’को नीतिमा रहेको बताए । निर्णय गर्नुपर्दा एमालेले राष्ट्रिय हितको पक्षमा गर्ने उनको भनाइ छ ।
“जबसम्म गठबन्धनले एमसीसीबारे एकीकृत धारणा ल्याउन सक्दैन तबसम्म एमाले पर्ख र हेरको नीतिमा रहेको छ । आवश्यक परेको बेलामा राष्ट्रिय हितको पक्षमा, देश र जनताको पक्षमा उभिन्छ र एउटा निर्णय लिन्छ,” उनले भने ।
फेसबुक प्रतिक्रियाहरु