होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुईदशकपछि एमालेको सक्रिय राजनीतिमा फर्किए त्रिवेणीका खड्क साउँद
समाचार

दुईदशकपछि एमालेको सक्रिय राजनीतिमा फर्किए त्रिवेणीका खड्क साउँद

  • नागरिक रैबार
दुईदशकपछि एमालेको सक्रिय राजनीतिमा फर्किए त्रिवेणीका खड्क साउँद

नागरिक रैबार/बाजुरा २ फागुन। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ पन्तालिका खड्क बहादुर साउँद २ दशकपछि फेरी एमालेको सक्रिय राजनीतिमा फर्किएका छन् ।

दुईदशक देखि एमाले पार्टीबाट निस्कृय रहेका साउँदले आफु पुःन एमालेको सक्रिय राजनीतिमा फर्किएको सोमबार मार्तडीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

एमाले बाजुराको स्थापनाकाल देखि पार्टीको संगठित सदस्य रहेका साउँद २०५४ सालबाट पार्टीका गतिविधिहरुबाट टाढा भई निस्कृय भएका बताएका छन् । परिस्थितिले गर्दा लामो समयसम्म निस्कृय बनाएको कारणबाट टाढा हुन पर्ने अवस्था सिर्जना भएको उनको भनाई थियो ।

विज्ञापन

कारणबस २ दशकको लामो समय पार्टीमा निस्कृय भएतापनि मैले फेरी वर्तमान अवस्थामा विकसित हुँदै गएको राजनीतिक घटनाक्रमले देश जटिल परिस्थितिबाट अगाडी बढ्दै गएपछि नेपाली जनता, राजनीतिक कार्यकर्ताले एकमात्र राष्ट्र राष्ट्रियता लोकतन्त्र, संविधान, स्वाभिमानको रक्षाको निम्ति फेरी एकपटक एकताबद्ध हुनु पर्ने अवस्था आएकोले आफु एमालेको सक्रिय राजनीतिमा फर्किएको पत्रकार सम्मेलन मार्फत बताएका छन् ।

उनले देशलाई असहज अवस्थाबाट सहज बाटोमा रुपान्त्रण गर्न सक्ने एक मात्र पार्टी नेकपा एमाले भएकोले अवदेखि यस पार्टीको आन्दोलनमा सहभागि हुने र सक्रिय रुपमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

दुईदशक पछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्केका साउँदलाई एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, पार्टीसचिव भरत थापा, उपसचिव जनक बोहराले पार्टीमा खादा ओढाएर स्वागत गरेका छन् ।

नयाँ अध्यायको सुरुवात फेरी नेकपा एमालेबाटै हुन्छ  नेता : साउँद

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै