होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उमेर लुकाएर जागिर खाएका सुदूरपश्चिम प्रदेश सभाका सचिवले दिए राजीनामा
समाचार

उमेर लुकाएर जागिर खाएका सुदूरपश्चिम प्रदेश सभाका सचिवले दिए राजीनामा

  • नागरिक रैबार
उमेर लुकाएर जागिर खाएका सुदूरपश्चिम प्रदेश सभाका सचिवले दिए राजीनामा

धनगढीः उमेर लुकाएर जागिर खाएका सुदूरपश्चिम प्रदेश सभाका सचिव रामसिंह धामीले पदबाट राजीनामा दिएका छन्। उमेर लुकाएर जागिर खाएको पुष्टि भएपछि उनले राजीनामा दिएका हुन्।

सभामुख अर्जुनबहादुर थापालाई उनले राजीनामा बुझाएका थिए। सभामुखलाई दिएको राजीनामा आइतबार स्वीकृत भएको र उनको बिदाई गरिएको सभामुखका स्वकीय सचिव कबिन्द्र रोकायले बताए।

सचिव धामीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्म मिति राखेर नियुक्ति लिएका पाइएको हो।

शैक्षिक प्रमाणपत्रमा २०१६/११/२९ रहेकोमा नागरिकतामा भने २०३३ सालमा १८ वर्ष उल्लेख छ। प्रदेशसभा सचिव नियुक्त हुने कानून प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको प्रावधानमा ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।

नागरिकताअनुसार धामी नियुक्त हुँदाकै बखत ६० वर्ष उमेर कटिसकेको देखिएको छ। धामी ०७६ जेठ २८ गते प्रदेश सभा सचिवमा नियुक्त भएका थिए।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार