होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहमा ४३ अर्ब बेरुजु थपियो
समाचार

स्थानीय तहमा ४३ अर्ब बेरुजु थपियो

  • नागरिक रैबार
स्थानीय तहमा ४३ अर्ब बेरुजु थपियो

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तहमा ४३ अर्ब ९० करोड, ९५ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षको ५९ औं वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा थपिएको ४३ अर्ब बेरुजु समेत गरेर अब स्थानीय तहको बेरुजु रकम एक खर्ब ३६ अर्ब ३२ करोड २४ लाख पुगेको छ ।

गत आर्थिक वर्ष ०७७/०७८ महालेखा परीक्षकको कार्यालयले ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ८७ नगरपालिका र ४९५ गाउँपालिकाको लेखापरीक्षण गरेको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षमा लेखा परीक्षण गर्न छुटेको ५५ स्थानीय तहको पनि गत आर्थिक वर्षमा नै लेखा परीक्षण गरेको थियो ।

यो सबै गरेर आर्थिक वर्ष ०७७/०७८ मा १० खर्ब ५१ अर्ब १० करोडको लेखापरीक्षण भएको थियो । ७७/०७८ मा स्थानीय तहमा ४ दशमलव १८ प्रतिशत बेरुजु देखिएको थियो । महालेखा परीक्षकको कार्यालयका अनुसार ०७६–७७ को बजेटको लेखापरीक्षणसम्म स्थानीय तहहरुमा बेरुजु ९२ अर्ब ४१ करोड २९ लाख रुपैयाँ थियो ।

विज्ञापन

३ पालिकाको शून्य बेरुजु

आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा २३ दशमलव ८७ प्रतिशत बेरुजु देखिएको छ । यस्तै ३ वटा पालिकामा शून्य बेरुजु रहेका छन् ।

ताप्लेजुङको सिरजंगा गाउँपालिका, प्यूठानको मल्लरानी र सरुमारानी गाउँपालिकाको बेरुजु शून्य रहेको छ । स्थानीय तहतर्फ, ५ प्रतिशतभन्दा कम बेरुजु हुने ५ सय ३३ स्थानीय तह रहेका छन् भने ५ देखि १५, प्रतिशतसम्म बेरुजु हुने १९३ र १५ प्रतिशत भन्दा बढी बेरुजु हुने १८, स्थानीय तह रहेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार