होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सत्ता गठबन्धनबाट कुन महानगरपालिकामा कस्को मेयर उम्मेदवार ?
समाचार

सत्ता गठबन्धनबाट कुन महानगरपालिकामा कस्को मेयर उम्मेदवार ?

  • नागरिक रैबार
सत्ता गठबन्धनबाट कुन महानगरपालिकामा कस्को मेयर उम्मेदवार ?

काठमाडौं, ३० चैत्र । सत्ता गठबन्धनमा स्थानीय चुनावको तालमेलका लागि खाका लगभग तयार भएको छ । विगतमा जुन दलले जितेको पालिका हो उसैले प्रमुखमा उम्मेदवार अगाडि बढाएर बाँकीले समर्थन गर्ने र अन्य दलले जितेको पालिकामा प्रभाव र प्रतिशत दुवैका आधारमा उम्मेदवार तय गर्ने गरी खाका तयार भएको बुझिएको छ ।

काँग्रेसले ललितपुर र विराटनगर, माओवादीले भरतपुर र जसपाले वीरगञ्ज महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार प्रमुख पदमा अगाडि बढाउने भित्री सहमति बनिसकेको छ । तर, एमालेले जितेका काठमाडौं र पोखरामा भने सहमति बन्न बाँकी छ । दुवै महानगरपाकिलामा नेकपा एसले दाबी गरेको छ । उसले पोखरामा उम्मेदवारको दाबीका लागि यस्तो गरेको हो ।

काँग्रेसले काठमाडौं र पोखरा पनि छाडेर उपमहानगरपालिका र नगरपालिकाहरुमा मिलाउन सकिने जवाफ दिएको छ । तर, नेकपा एस मानेको छैन । विश्वस्त स्रोतका अनुसार पोखरामा नेकपा एसलाई दिएर मिलाउने सम्भावना रहेको बुझिएको छ ।

विज्ञापन

गठबन्धन बाहिरको दलले प्रमुख जितेका पालिकाहरुमा बाँडफाँड गर्दा प्रतिशतको आधारमा भागवण्डा गर्ने तयारी समेत भएको छ । काँग्रेसलाई ४० देखि ५० प्रतिशत दिएर बाँकीमा माओवादी, नेकपा एस, जसपा र राजमोलाई दिने गरी मिलाउन खोजिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै