होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कंगोमा मारिएका शान्ति सैनिक गुरुङलाई सेनाको अन्तिम सम्मान
समाचार

कंगोमा मारिएका शान्ति सैनिक गुरुङलाई सेनाको अन्तिम सम्मान

  • नागरिक रैबार
कंगोमा मारिएका शान्ति सैनिक गुरुङलाई सेनाको अन्तिम सम्मान

काठमाडौँ — कंगोमा विद्रोहीद्वारा गोली प्रहार भई उपचारको क्रममा मृत्यु भएका शान्ति सैनिक अनिल गुरुङलाई नेपाली सेनाले अन्तिम सम्मान अर्पण गरेको छ । नेपाली सेनाले बुधबार छाउनीस्थित वीरेन्द्र अस्पतालमा गुरुङलाई श्रदाञ्जली व्यक्त गर्दै अन्तिम सम्मान अर्पण गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ ।

सुर्खेतको गुर्माकोट नगरपालिका- १४ जहरेका गुरुङको कंगोमा विद्रोहीको गोली प्रहारबाट घाइते भई उपचारका क्रममा चैत २२ गते मृत्यु भएको थियो । गुरुङ पार्थिव शरीरमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको झण्डा ओढाएर श्रदाञ्जली दिएका थिए । त्यस्तै, रक्षा सचिव किरणराज शर्माले पनि श्रदाञ्जली दिएका थिए । संयुक्त राष्ट्रसंघका नेपालका लागि आवासीय प्रतिनिधि रिचर्ड हवार्डले गुरुङको पार्थिव शरीरमा संयुक्त राष्ट्रसंघको झण्डा ओढाएर श्रदाञ्जली दिएका थिए ।

जनसम्पर्क निर्देशनालयका अनुसार श्रदाञ्जलीसभामा प्रधानसेनापति शर्माले कंगो मिसनमा रहेका संयुक्त राष्ट्रसंघका फोर्स कमाण्डरको समवेदना पत्र र अन्तिम दाहसंस्कारका लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारलाई हस्तान्तरण गरेका थिए । ‘उक्त श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात स्वर्गीय प्युठ अनिल गुरुङ्गको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरि नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने छ,’ जंगी अड्डाले भनेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै