होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय अस्मिताप्रति सधैं चनाखो हुनुपर्छ : पूर्वराजा शाह
समाचार

राष्ट्रिय अस्मिताप्रति सधैं चनाखो हुनुपर्छ : पूर्वराजा शाह

राष्ट्रिय अस्मिताप्रति सधैं चनाखो हुनुपर्छ : पूर्वराजा शाह

  • नागरिक रैबार
राष्ट्रिय अस्मिताप्रति सधैं चनाखो हुनुपर्छ : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अस्मितामा कुनै प्रभाव पर्न सक्नेप्रति नेपालीहरु सधैं चनाखो हुनुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले छिमेक नीतिका कारण मुलुकको अस्मितामा असर पर्न सक्ने भन्दै त्यसतर्फ चनाखो हुनुपर्ने बताएका हुन् ।

‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ’ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

विज्ञापन

नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको भन्दै पूर्वराजा शाहले त्यो आफैंमा आत्महीनताको विषय भएको बताए ।

उनले अर्थविद् र उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएकामा चिन्ता गरिरहेको भन्दै महंगी र आर्थिक बोझले नेपालीको गुजारा कठिन बनेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार