होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बायर्नलाई स्तब्ध पार्दै भियारियल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा
समाचार

बायर्नलाई स्तब्ध पार्दै भियारियल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

  • नागरिक रैबार
बायर्नलाई स्तब्ध पार्दै भियारियल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । सामुएल चुकवसएजेले खेल सकिन दुई मिनेटअघि गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिखलाई आउट गर्दै स्पेनको भियारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुई लेगको क्वाटरफाइनलमा भियारियलले बायर्नलाई २-१ ले हरायो । त्यसमा दोस्रो लेगको अन्तिममा उनै सामुएलले गरेको गोल निर्णायम बन्यो ।

सन् २००६ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा आर्सनलसँग पराजपत भएयता भियारियल पहिलो पटक सेमिफाइनल पुगेको हो ।

विज्ञापन

पहिलो लेगमा भियारियलले बायर्नलाई १-० ले हराएको थियो । त्यसबाट उत्साहित बनेको भियारियलले दोस्रो लेगमा बायर्नलाई उसैको मैदानमा १-१ को बराबरीमा रोक्यो ।

एलिएन्ज एरेनामा रोवर्ट लेवान्डोस्कीले ५2 औं मिनेटमा गोल गर्दै बायर्नले अग्रता लिंदै समग्रमा स्कोर १-१ मा बराबरी गर्दै घरेलु समर्थककलाई पुनरागमनको आशा दिलाए । तर बायर्नले अरु गोल गर्न सकेन ।

८८ औं मिनेटमा सामुएलले गोल गर्दै खेल १-१ को बराबरी गरे । यस गोलले भियारियललाई अन्तिम चारमा पुर्‍याउँदा ६ पटकको विजेता बायर्न भने आउट भयो । भियारियलले अब सेमिफाइनलमा लिभरपुल र वेनफिका बीचको विजेतासँग खेल्नेछ ।

भियारियललाई सेमिफाइनल पुर्याएपछि प्रशिक्षक उनाई एमेरीले यो अनौठो किसिमको अनुभुव रहेको बताउँदै यो सहज भने नभएको प्रतिक्रिया दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि