होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन
समाचार

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

  • नागरिक रैबार
बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

गलकोट । बागलुङको ताराखोला गाउँपालिका-३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ ।उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् ।

श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धवलागिरि क्याम्पसबाट दश जोड दुई उत्तीर्ण गरेका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौंस्थित टोखामा दुई वर्ष कुखुरापालन गरे । विसं २०७२ को भूकम्पपछि काठमाडौंको कुखुरापालन छोडेर उनी बाख्रापालन गर्न गाउँ फर्किएका हुन् । अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन् । अब उनको कुखुरापालन गर्ने योजना छ ।

‘गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए’ थापाले भने, ‘गाउँमै केही गर्ने सोच पलायो ।’ बसाइँसराइले गाउँ नै उजाडिँदा बारी सबै बाँझो थियो । खेती गर्न धेरै जनशक्ति चाहिने भएपछि बाख्रापालनमा हात हालेको उनको भनाइ छ । अहिले उनी फार्म विस्तारमा लागेका छन् । अहिले थापाको फार्ममा सानाठूला गरेर १२५ बाख्रा र बोका छन् ।

विज्ञापन

थापाले नाफालाई ध्यान नदिई लगानी वृद्धिमा जोड दिएका छन् । उनले तीन वर्षअघि ३५ बाख्राबाट व्यवसाय सुरु गरेका हुन् । गाउँको बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन बढाउन बाख्रापलनमा लगानी गरेको उनी बताउँछन् । ‘हालसम्म ३० लाख लगानी गरिसकेको छु’, उनले भने ।

ताराखोला गाउँपालिकाले बाख्रापालनलाई प्रवर्धन गर्न नौ लाख अनुदान उपलब्ध गराएको थापाले बताए । उनले सो रकमबाट फार्म विस्तार र बोयर बोका खरिद गरेका छन् । ‘गाउँ उजाडिंदै गयो, सेवा सुविधा, अध्ययन र रोजगारीका लागि गाउँ छोड्नेहरू बढे, त्यसैलाई आफूले अवसरका रुपमा लिएर बाख्रापालन गर्ने सोच बनाएर गाउँ फर्कें’, थापाले भने ।

व्यवसायमा उनलाई भाइ रिमबहादुरले सहयोग गरिरहेका छन् । आफ्नै ६० रोपनी र अन्य घर छोडेर गएका चार परिवारको ७० रोपनी जग्गामा थापाले बाख्रा चराउने र घाँस काट्ने गरेका छन् ।

सामुदायिक वनमा समेत बाख्रा चराउने गरेको थापाले बताए । ‘बजारको समस्या छैन, बाख्रा खरिद गर्न व्यापारी फार्ममै आउने गरेका छन्’, उनले भने । चरन क्षेत्र प्रशस्त भएको श्याम खर्कमा बाख्रापालनको सम्भावना अत्यधिक छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै