होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने
समाचार

प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने

  • नागरिक रैबार
प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने

काठमाडौं, २९ फागुन । प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।

आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ । बैठकमा सांसदद्वय भीम रावल र प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरिरहेको र यसप्रति नेपाल सरकार मौन बसेको अन्दै आपत्ति जनाए । एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन रावलले माग गर्दा सुवालले एमसीसी खारेज गर्न माग गरे ।

एमाले सांसदकाे नाराबाजीबीच सभामुख सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका हुन् । सापकाेटाले संसदमा कायम अवराेध हटाउन आजकाे बैठकमा रुलिङसमेत गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार