होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा ठुलो दुर्घटनाबाट जोगियो बस, दर्जनौ यात्रु सकुशल
समाचार

डडेल्धुरामा ठुलो दुर्घटनाबाट जोगियो बस, दर्जनौ यात्रु सकुशल

  • नागरिक रैबार
डडेल्धुरामा ठुलो दुर्घटनाबाट जोगियो बस, दर्जनौ यात्रु सकुशल

धनगढी : डडेल्धुरामा अछाम जाँदै गरेको बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ। प्रहरीका अनुसार कैलालीको टीकापुरबाट अछामको कमलबजारका लागि छुटेको ना६ख १६५० नम्बरको बस गन्यापधुरा गाउँपालिका-३ जक्सन होटेल नजिक सडकमा रहेको माटोको ढिस्कोसँग ठोक्किएको थियो।

बसको अगाडिको भाग सडकबाहिर पुगेको भएपनि दुर्घटना हुनबाट जोगिएको बताइएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका प्रहरीले बताएको छ। बस चालक हरि भट्टराई र सहचालक फरार रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। चालकको ठेगाना र सहचालको परिचय भने खुलेको छैन। दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार