होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेमिल जोडीको प्रिय ‘कपल ब्रासलेट’
समाचार

प्रेमिल जोडीको प्रिय ‘कपल ब्रासलेट’

  • नागरिक रैबार
प्रेमिल जोडीको प्रिय ‘कपल ब्रासलेट’

काठमाडौं । कसैलाई उपहार दिंदा विशेषगरी कपडा, चकलेट, गहना, कप, कार्ड, पुस्तक लगायत सामग्री दिने प्रचलन छ । उपहार दिनेहरुले कम मूल्य पर्नेदेखि महँगा र विलासिताका वस्तुसमेत दिने गरेको पाइन्छ ।

प्रणय दिवस नजिकिंदै जाँदा आफूले माया गर्ने मान्छेलाई दिन विशेष उपहार खोज्नेहरु पनि होलान् । उपहार दिंदा महँगो वस्तु नै दिनुपर्छ भन्ने छैन । थोरै पैसा खर्च गर्दा पनि आफ्नो मान्छेका लागि अमूल्य उपहारको जोहो गर्न सकिन्छ ।

युवायुवतीमाझ हिजोआज कपल ब्रासलेट निकै लोकप्रिय छ । बजारमा २०० देखि ५०० रुपैयाँसम्ममा पाइने कपल ब्रासलेट लगाएर हिंड्ने युवायुवती धेरै भेटिन्छन् ।

विज्ञापन

कीर्तिपुरका राजीव तामाङले दुई महिनाअघि आफ्नी प्रेमिकालाई कपल ब्रासलेट उपहार दिए । सानो चिटिक्क परेको अनि दुवै हातमा लगाउन मिल्ने र पानको आकारमा जोडिने भएकाले उनकी प्रेमिकालाई यो ज्यादै मन परेको राजीव बताउँछन् ।

‘सँगै नहुँदा पनि आफ्नो मान्छेको याद आइरहेको आभास यसले गराउँछ,’ राजीव भन्छन् ।

भक्तपुर लोकन्थलीकी पनि तनि महिनाअघि आफ्नो प्रेमीलाई कपल ब्रासलेट उपहार दिइन् । यो उपहारले उनका प्रेमी निकै खुसी भए । पैसा पनि सस्तो पर्ने, लगाउन पनि सजिलो अनि सँगै लगाएर हा समातेर हिंडा निकै रमाइलो अनुभव हुने उनले सुनाइन् । ‘म्याग्नेट हुने भएकाले पनि दुवैको हातमा लगाउँदा ब्रासलेटले खुसी दिने रहेछ,’ उनले भनिन् ।

भक्तपुर बालकोटकी सिया खत्रीलाई पनि सबैका लगाएको देखेपछि यो ब्रासलेट किन्न मन लाग्यो । त्यसपछि किनेर साथीलाई उपहार दिएको उनले सुनाइन् । साथी र आफूले सँगै लगाएको तस्वीर उनले इन्स्टाग्राममा समेत राखेकी छन् ।

कपल ब्रासलेट लगाउने युवायुवतीको संख्या बढेसँगै यसको व्यापारमा पनि वृद्धि भएको छ । ४० वर्षदेखि काठमाडौंको वसन्तपुरमा हस्तकलाका सामान तथा मेटलका गहना बेच्दै आएकी उजेली ठकुरी पसलमा धेरै बिक्री हुने सामग्रीमा अहिले कपल ब्रासलेट पनि रहेको बताउँछिन् । कलेज पढ्ने किशोरकिशोरीले यसलाई धेरै रुचाएको उनी बताउँछन् ।

‘कोरोना महामारीले व्यापार कम छ । यस्तै साना सामानहरुले व्यापार बढाएको छ,’ उजेली भन्छिन्, ‘कपल ब्रासलेट भारतीय व्यापारीले पनि खरिद गर्ने गरेका छन् ।’

वसन्तपुरकै गोमा बुढाथोकीको पसलमा पनि बढी बिक्री सामानमध्ये कपल ब्रासलेट पर्दछ । उनी भन्छिन्, ‘वसन्तपुर यसै पनि युवायुवतीको जमघट हुने ठाउँ भएकाले उनीहरुले नै बढी किन्छन् ।’

प्रेमिल जोडीले मात्रै नभई यो ब्रासलेटलाई अन्य व्यक्तिले पनि रुचाउने गरेका छन् । कपल ब्रासलेटले एकअर्काको सम्झनालाई गाढा त बनाएको छ नै महामारीले थला पारेको खुद्रा व्यापारलाई थोरै भएपनि राहत दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार