होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जसपाका शीर्ष पाँच नेताबीच छलफल
देश/प्रदेश

जसपाका शीर्ष पाँच नेताबीच छलफल

  • नागरिक रैबार
जसपाका शीर्ष पाँच नेताबीच छलफल

१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष पाँच नेताहरू छलफलमा बसेका छन् ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ आइतबार काठमाडौंको लाजिम्पाटमा छलफलमा बसेका जसपा स्रोतले जानकारी दिएको छ ।

यसअघि बिहीबार जसपाका तीन शीर्ष नेता डा. भट्टराई, यादव र राईबीच संवाद भएको थियो । जसपामा संघीय परिषद अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच केही समयबीच संवादहीनताको अवस्था सिर्जना भएको थियो ।

विज्ञापन

‘पार्टी विभाजन उन्मुख भइरहेको बेला आइतबार काठमाडौंमा पाँच शीर्ष नेता विवाद समाधानका लागि छलफलमा जुट्न लाग्नुभएको हो,’ जसपाका एक केन्द्रीय कार्यकारिणी सदस्यले भने, ‘शीर्ष नेताहरूको यो संवादले लामो समयदेखिको संवादहीनताको अवस्था अन्त्य हुनेछ ।’

आइतबारको बैठकले पार्टीको केन्द्रीय समिति बैठकको मिति तोक्न सक्ने सम्भावना रहेको ती नेताले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ४ दिन अगाडि