काठमाडौं । स्पानिस सुपरको पहिलो सेमिफाइनलमा रियल मड्रिडले बार्सिलोनालाई उसैको मैदानमा ३-२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
फेडरिको भाल्भर्डेले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि रियलले बार्सिलोनालाई पराजित गरेको हो ।
साउदी अरेबियाको रियादस्थित किङ फाहद इन्टरनेशनल स्टेडियममा भएको खेलमा रियलले दुई पटक अग्रता बनाउँदा बार्सिलोनाले पुनरागमन गरेको थियो ।
खेलको २५औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर ४१ औ मिनेटमा लुक डे जोङले बार्सिलोनाका लागि पहिलो हाफमै बराबरी गोल फर्काए ।
करिम बेन्जेनमाले ७२औं मिनेटमा गोल गर्दै रियलले फेरि अग्रता दिलाए । तर अंशु फातीले ८३औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरे । निर्धारित समयमको खेल २-२ भएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । जसमा भाल्भर्डेले गोल गर्दा रियलले बाजी मार्यो ।
रियलले अब उपाधिका लागि एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओको विजेतासँग आइतबार फाइनल खेल्नेछ । एट्लेटिको मड्रिड र एथ्लेटिक विल्बाओबीच बिहीबार दोस्रो सेमिफाईनल हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु