होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उद्योग परिसंघ र संयुक्त ट्रेड​ युनियन समन्वय केन्द्रबीच छलफल
समाचार

उद्योग परिसंघ र संयुक्त ट्रेड​ युनियन समन्वय केन्द्रबीच छलफल

  • नागरिक रैबार
उद्योग परिसंघ र संयुक्त ट्रेड​ युनियन समन्वय केन्द्रबीच छलफल

नेपाल उद्योग परिसंघ र संयुक्त टे«ड युनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका पदाधिकारीहरूलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको हो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका अध्यक्ष एवं पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै कोभिड १९ को विशेष परिस्थितीमा कर्मचारीहरुले समझदारी पूर्ण सहयोग गरेको बताए । केन्द्रको स्थापना भएदेखि राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै अग्रवालले ट्रेड युनियन, कर्मचारीहरूबाट राम्रो सहयोग पाइरहेको बताए ।

मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चितीमा परेको चाप रहेको अध्यक्ष अग्रवालले बताए । ‘तरलताको समस्या हुँदा उद्योगीहरुले बैंकबाट ऋण पाइरहेका छैनन् । नयाँ उद्योगहरु स्थापना हुन सकेका छैनन् । भएका उद्योगहरूले पनि लगानी विस्तार गर्न पाइरहेका छैनन्’ अग्रवालले भने ।

विज्ञापन

आन्तरिक उत्पादनको प्रबद्र्धन गरिनुपर्ने आवश्यकता औल्याउँदै उनले परिसंघले औद्योगिकरणलाई बढावा दिन जोड दिँदै आएको बताए । औद्योगिकरणले रोजगारी सिर्जना हुने, आन्तरिक उत्पादन बढ्ने र आयात प्रतिस्थापन हुँदै जाने अध्यक्ष अग्रवालले बताए ।

कार्यक्रममा संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनालले श्रमिकको समस्या समाधान गर्न केन्द्र साझा थलो बनेको बताए । उनले न्यूनतम पारिश्रमिक लागू गर्ने विषय चुनौती पूर्ण रहेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पनि थोरै मात्र कर्मचारी, श्रमिक आवद्ध भएको बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै