नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले असार दोस्रो सातासम्म नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई पूर्णता दिने बताएका छन् । सभापति देउवाले नेविसंघका सभापति दुजाङ शेर्पालाई केही दिनभित्रै समितिलाई पूर्णता दिने तयारीमा रहेको सुनाएका हुन् ।
शेर्पाले सभापति देउवासँग नेविसंघ गतिविधि , केन्द्रीय समिति विस्तार, ३ त्रिविको तालाबन्दी खुल्ला, संस्कृत विश्वविद्यालय, नेविसंघ सदस्यता वितरण र १२ औँ अधिवेशन सम्बन्धित छलफल गरेका थिए । शेर्पाका अनुसार देउवाले नेविसंघको समितिलाई पूर्णता दिन गृहकार्य भइरहेको र केही दिनभित्रै पूर्णता पाउने बताएका थिए ।
नेविसंघको जिल्ला अधिवेशन मंसिर अगावै सम्पन्न गरी अघि बढ्न देउवाले निर्देशन दिएको शेर्पाले बताए ।
फेसबुक प्रतिक्रियाहरु