होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • बाजुरामा निर्वाचन सुरक्षाका लागि १५ सय सुरक्षाकर्मी परिचालन
जगन्नाथ

बाजुरामा निर्वाचन सुरक्षाका लागि १५ सय सुरक्षाकर्मी परिचालन

  • नागरिक रैबार
बाजुरामा निर्वाचन सुरक्षाका लागि १५ सय सुरक्षाकर्मी परिचालन

नागरिक रैबार/बाजुरा २९ बैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाजुरामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर १५ सयबढी जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् ।

प्रजिअ पौड्यालका अनुसार बाजुराका ९ वटै स्थानीय तहका मतदान स्थल र मतदान केन्द्रको सुरक्षाका लागि ४ सय २५ जना नेपाल प्रहरी, २ सय जना नेपाली सेना, २ सय ६० जना सशस्त्र प्रहरी र ६ सय ७५ जना म्यादी प्रहरी गरेर १५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भोली हुने निर्वाचनका लागि निर्वाचन स्थलको आवश्यक सुरक्षाको जनशक्ति सम्वन्धित क्षेत्रमा खटिसकेको र निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने भएको छ ।

विज्ञापन

निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूणर् रुपमा सम्पन्न गराउन जिल्लाभरका ९ वटै पालिकामा आवश्यक सुरक्षाको व्यवस्थापन गरि परिचालन गरिएको जिल्ला सुरक्षा समितिले बताएको छ ।

जिल्लामा भोली हुने निर्वाचनमा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । भने जिल्लाभरीका ९ वटा स्थानीय तहमा ७० वटा मतदान स्थल र १ सय १२ वटा मतदान केन्द्र तोकिएका छन् । जिल्लाभर ५ सय ५८ जना कर्मचारीहरु मतदान केन्द्रमा परिचालन गरिएको र निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै