हुम्ला — हुम्लाको सदरमुकाम सिमकोट वडा नम्बर ५ तल्लो गाउँस्थित गाईवस्तुका लागि जम्मा पारेर राखिएको स्याउला र दाउरा आगलागीबाट नष्ट भएको छ । आगलागीबाट एउटा गोठमा पनि क्षति पुगेको बताइएको छ ।मानवीय र अन्य भौतिक क्षति नभए पनि स्याउला र दाउरा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयहरू पनि खटिरहेका छन् ।
शनिबार दिउँसो साढे ३ बजे आगोलागी भएको स्थानीयहरूले बताएका छन् । स्थानीय बसन्त रोकाया, पदम रावत र चक्र रावतले संयुक्त रुपमा राखेको दाउरा र स्याउलामा आगलागी भएको हो । स्थानीय र सुरक्षाकर्मीको पहलमा आगलागी अनियन्त्रित भएर फैलन नपाएको बताइएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन जानकारी भने आइसकेको छैन ।
फेसबुक प्रतिक्रियाहरु