होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बोगटी नहुँदा दुःखी पात्र म बन्न पुगेँ : प्रचण्ड
समाचार

बोगटी नहुँदा दुःखी पात्र म बन्न पुगेँ : प्रचण्ड

  • नागरिक रैबार
बोगटी नहुँदा दुःखी पात्र म बन्न पुगेँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटीको निधनपछि आफूले दुःख पाएको बताएका छन् ।

शनिबार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै प्रचण्डले उनको निधनबाट सबभन्दा बढी क्षति पार्टी हेडक्वार्टरलाई भएको बताए । उनले भने, ‘उहाँ नहुँदा अहिले पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र म बन्न पुगेको छु ।’

पार्टीमा बेलाबेला देखा पर्ने अन्तरसंघर्षले सीमा नाघ्दा बोगटीले नै मिलाउने गरेको उनले सम्झिए । बोगटी जहाँ समस्या आउँछ, त्यसको समाधान गर्ने व्यक्ति जस्तै बनेको भन्दै स्मरण गर्दै उनले भने, ‘डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण म लगायत हामीहरु सिनियर थियौं । तर उहाँले टेबल ठटाएपछि हामी वरिष्ठ भन्ने नेताहरुको करिव करिव सातो जान्थ्यो ।’

विज्ञापन

डाक्टर र वैद्यले आफूलाई साताएको बेला बोगटीले नै संकट टार्ने गरेको उनले सुनाए ।माओवादी केन्द्रका नेता बोगटीले ३० भदौ २०७१ मा निधन भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार