होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दिनेश रेग्मी बने ‘बी’ डिभिजन खेल्ने बाजुराको पहिलो खेलाडी
समाचार

दिनेश रेग्मी बने ‘बी’ डिभिजन खेल्ने बाजुराको पहिलो खेलाडी

  • नागरिक रैबार
दिनेश रेग्मी बने ‘बी’ डिभिजन खेल्ने बाजुराको पहिलो खेलाडी

काठमाडौं । बाजुरा जिल्लाका परिचित फुटबल खेलाडी दिनेश रेग्मी बी डिभिजन लिग खेल्ने बाजुराको पहिलो खेलाडी बनेका छन्।

विगत लामो समयदेखि बाजुरामा जिल्ला र क्षेत्रस्तरीय फुटबल खेल्दै आएका दिनेशले काठमाडौंका विभिन्न क्लबमा आबद्ध भएर फुटबल खेलेका थिए। उनी हाल यो वर्ष हुने म्यारिट मेमोरियल बी डिभिजन लिग खेल्नका लागि टुसाल क्लब बौद्धसँग आबद्ध भएका छन् ।

दिनेश बाजुराबाट सि डिभिजन खेल्ने पनि पहिलो खेलाडी हुन् । उनी विशेषतः डिफेन्डिङ पोजिसनमा खेल्दै आएका छन् । उनी बाजुराको कोल्टीमा रहेको क्लब सूर्यतारा फाउन्डेशनको कप्तान पनि रहेका थिए।

विज्ञापन

No photo description available.

दिनेशको यो सफलताले बाजुराका अन्य युवाहरुलाई पनि फुटबल खेल्नका लागि हौसला मिलेको छ। बी डिभिजनका लागि टुसालमा आबद्ध भएका दिनेशले आगामी दिनहरुमा अझै मिहेनत गरेर अघि बढ्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार