नागरिक रैबार
बाजुरा २८ पुस
नेकपा एमाले परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरेका हिमाली गाउँपालिकाका अर्जुन बुढ्थापासहितका २६ जना नेता कार्यकर्ता पुनः एमालेमै फर्किएका छन् ।
हिजाे पुस २७ गते एमाले पार्टी परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका एमाले हिमालीका २६ जना नेता कार्यकर्ताहरूले पार्टी प्रवेश गरेकाे २४ घण्टापछि एमालेमै रहेकाे विज्ञप्तिमार्फत बताएका छन् ।
एमालेले साताै जिल्ला अधिवेशनबाट हिमाली गाउँपालिकालाई उपेक्षा र नेतृत्व विहिन गरेकाे भन्दै अर्जुन बुढथापाकाे नेतृत्वमा २६ जना नेता कार्यकर्ताले मंगलबार समाजवादी पार्टीमा प्रवेश गरेकाे विज्ञप्तिमा बाहिर आएकाे थियाे ।
त्यसकाे २४ घण्टा नवित्दै नेकपा एमाले हिमाली गाउँ कमिटीले अर्जुन बुढथापाकाे नेतृत्वमा २६ जनाले समाजवादी पार्टीमा प्रवेश नगरेकाे र एमालमै रहेकाे भन्दै विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु