होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज
समाचार

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

  • नागरिक रैबार
प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

डडेलधुरा — डडेलधुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ । उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौं’, उनले भने, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवारविरुद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन ।’

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो । देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिनुभएको थियो ।

देउवाको उम्मेदवारी विरुद्ध उजुरी दिने मल्ल कांग्रेसका पूर्व डडेलधुरा सभापति हुन् । उनी विसं २०७४ को निर्वाचनमा कांग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्दै कांग्रेस बिपीको चुनाव चिह्नबाट आफू निकटका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कांग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो ।अहिले कांग्रेस बीपीका वरिष्ठ उपसभापति रहेका मल्लले प्रधानमन्त्री देउवाविरुद्ध उम्मेदवारी दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेलधुरामा देउवासहित ११ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै