अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न ६ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धि मुख्य एजेन्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्ति सम्बन्धी मुख्य योजना बनाएको छ ।
महिला साफ काठमाडौंमा आयोजना हुँदैछ । त्यसका लागि एन्फाले स्थान र समय निर्धारण देखि लिएर टिम कोच र टिम म्यानेजर नियुक्तिलाई पूर्णता दिनेछ । त्यस्तै सी डिभिजन लिग र दैनिक फुटबल प्रशिक्षण सम्बन्धमा पनि ऐजन्डा बनाएको छ ।
यस्ता छन् एजेन्डा :
– महिला साफ च्याम्पियनसिपको योजना तथा टिम तयारी । जसमा समय र स्थान निर्णय गर्ने रहेको छ । त्यस्तै टिम कोच र मेनेजर नियुक्ति रहेको छ ।
– एनएसएलसँग सम्झौता गर्ने नगर्ने । एनएसएल हुने नहुने विषयमा ।
– एन्फाको पदपूर्ती सम्बन्धि ।
– सि डिभिजन लिग छनोट सम्बन्धि ।
– फुटबल टोलीको दैनिक प्रशिक्षण सम्बन्धि ।
– यू–२० र यू–१७ टिमको सहभागिता तथा प्रशिक्षक र मेनेजर नियुक्ति सम्बन्धि ।
फेसबुक प्रतिक्रियाहरु