होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कार्यालय सहयोगी नै वडा अध्यक्षमा निर्वाचित भएपछि..
समाचार

कार्यालय सहयोगी नै वडा अध्यक्षमा निर्वाचित भएपछि..

  • नागरिक रैबार
कार्यालय सहयोगी नै वडा अध्यक्षमा निर्वाचित भएपछि..

नागरिक रैबार/बाजुरा २७ असार।जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १ मा कार्यालय सहयोगी नै वडाध्यक्षमा निर्वाचित भएर आएका छन् । झन्डै चार वर्ष कार्यालय सहयोगी भएर काम गरेका रणबहादुर थापा असार २३ गते भएको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा ४ सय १६ मत ल्याएर निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका लोग बहादुर थापाले ३ सय ५८ मत ल्याएर थापासंग पराजित भएका छन् । एमालेबाट वडा अध्यक्षसहित सवै जना निर्वाचित भएका छन् । चार वर्षको अन्तरालमा थापा कार्यालय सहयोगीबाट वडा अध्यक्ष भई जनप्रतिनिधि हुन सफल भएका छन् ।
२०७५ साल देखी वडा नम्बर १ मा वडा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थापाले वडा अध्यक्ष पदमा लड्नका लागि चैत महिनामा राजिनामा दिएका थिए ।

मासिक १४ हजार पारिश्रमिक पाउने गरि नगरपालिकाबाट करार नियुक्ति पाएका थापाले कार्यालय सहयोगी पदमा काम गरिरहेका थिए । नेकपा एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाको अध्यक्षको उम्मेदवार बनाउन सहमति गरेपछि चैत महिनामा राजिनामा दिएर थापा एमालेको सक्रिय राजनीतिसंगै चुनावमा होमिएका थिए ।

विज्ञापन

थापा कार्यालय सहयोगीमा नियुक्ति हुदा नेपाली काँग्रेसका वडा अध्यक्षमा राजेश कुमार सिंह सहितको पुरै वडामा काँग्रेस प्यान विजयी थिए । वडा अध्यक्षमा निर्वाचित भएका थापा साविकको बह्रमतोला गाबिसमा सामाजिक परिचालक कार्यक्रर्ता रहेका थिए । देशमा संघियता लागु भएपछि उनको जागिर गयो । २०७५ सालमा फेरी आफ्नै वडामा कार्यालय सहयोगिको नियुक्ति पाएर काम गरेका थिए ।

निर्वाचित थापा कार्यालय सहयोगी भएपनि उनले वडामा हुने सबै काम गरेको वताउछन् । थापाले भने आफुलाई जनताका दुख, पिर मर्का समस्या राम्रोसँगै बुझेको छु, मैले वडामा कार्यालय सहयोगीता हुदा पनि धेरैको सेवा गरेको वताए । थापाले जितेको वडा काँग्रेसको बाहुल्यता भएको वडाका रुपमा चिनिन्छ ।

यसपालिको निर्वाचनमा भने वडामा थापा सहित एमालेको पुरै प्यानल एमाले विजयी भएको छ । बुढिगंगा नगरपालिका बैशाख ३० गते भएको चुनावमा धाधली भएको भन्दै निर्वाचन आयोगले असार २३ गते पुन निर्वाचन गरेको हो । नगरप्रमुख उपप्रमुख सहित ७ वटा वडा एमाले र ३ वटा वडा काँग्रेसले जितेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै