दार्चुला — जिल्ला अस्पताल दार्चुलामा पछिल्लो समय स्क्रबटाइफसका बिरामी फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार गत साउनदेखि हालसम्म जिल्लामा ३ सय ५ जनामा स्क्रबटाइफस संक्रमण देखिएको छ । एक वर्षमा अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिन थालेको मेडिकल अधिकृत राजेश भट्टले बताए ।
पछिल्लो समय दिनप्रतिदिन ‘स्क्रबटाइफस’ का बिरामी देखिन थालेपछि यस रोगको जोखिम बढेको छ । अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु