होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीन दिन विद्यालय बन्द गरेकामा विरोध
समाचार

तीन दिन विद्यालय बन्द गरेकामा विरोध

  • नागरिक रैबार
तीन दिन विद्यालय बन्द गरेकामा विरोध

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेकामा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विरोध जनाएको छ ।

विद्यालयमा मतदान केन्द्र रहने भएकाले निर्वाचन आयोगको अनुरोधमा सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।सरकारले बिहीबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले भने तीन दिन विद्यालय हुँदा पठनपाठनमा अवरोध हुने बताएको छ ।

२१ हजार ९ सय ५५ मतदान केन्द्रहरु मध्ये अधिकांश मतदान केन्द्रहरु विद्यालयमा तोकिएको छ । मतगणनाको कार्यमा समेत पठपाठन थप अवरोध हुनेप्रति सिजपले सरकारलाई सचेत गराएको छ ।

विज्ञापन

‘विगतका वर्षहरुमा जस्तो मतदान केन्द्र राख्न विद्यालयको विकल्प छैन भन्न अब मिल्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलहरुलाई विद्यालयमा दलगत कार्यक्रम नगर्न आग्रह गरेको निर्वाचन आयोगले समेत मतदान केन्द राख्ने कुराको अब विकल्प सोच्नु पर्दछ ।’

विद्यालय शान्तिक्षेत्र हो भन्ने मान्यतालाई निर्वाचन आयोगले पनि व्यवहारमा लागु गर्न ध्यानाकर्षण गराइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि