होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ४ दिनमा २ लाख २० हजारले छाडे काठमाडौं उपत्यका
समाचार

४ दिनमा २ लाख २० हजारले छाडे काठमाडौं उपत्यका

  • नागरिक रैबार
४ दिनमा २ लाख २० हजारले छाडे काठमाडौं उपत्यका

काठमाडौं । पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ ।

हिजो २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका छन् । २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौं छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिन यता सामान्य अवस्थाको भन्दा कम रहेको महाशाखाले जानकारी दिएको छ । बुधबार भने बाहिरिनेको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

विज्ञापन

बुधबार नाकाहरुमा यात्रुको चाप उच्च छ । उपत्यका छाड्ने बसहरुमा पनि कोचाकोच गरेर यात्रुहरु घर फर्किएका छन् । काठमाडौंमै स्थायी बसोबास गरिरहेकाहरु पनि भोट हाल्न गाउँ फर्किंदैछन् । भोलिसम्म नै सवारीका यात्रुको चाप उच्च हुने अनुमान ट्राफिक प्रहरी महाशाखाको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि