होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्र बाजुराको प्रथम बैठकबाट भएका निर्णयहरु सार्वजनिक
समाचार

माओवादी केन्द्र बाजुराको प्रथम बैठकबाट भएका निर्णयहरु सार्वजनिक

  • नागरिक रैबार
माओवादी केन्द्र बाजुराको प्रथम बैठकबाट भएका निर्णयहरु सार्वजनिक

नागरिक रैबार/बाजुरा २८ चैत्र । स्थानिय तह निर्वाचन बैसाख ३० गते नजिकिदै जाँदा जिल्लाका राजनितिक दलहरुका बिस्तारित बैठक बस्ने क्रम जारी रहेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्र बाजुराको आइतबार बसेको पार्टीको प्रथम पूर्ण बैठकले गरेका निणर्यहरु सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ ।

स्थानीय तहको निर्वाचन लक्षित बसेको माओवादी केन्द्रको प्रथम बैठक मार्तडीमा सम्पन्न भएको थियो । आइतबार सम्पन्न बैठकल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कर्ण बिकको संयोजकत्वमा २०७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

त्यस्तै पत्रकार सम्मेलनमा  माओवादीले जिल्लाका ९ वटा पालिकामा पालिका स्तरिय सहइञ्चार्ज तोक्ने निणर्य गरेको जानकारी गराएको थियो । जस मध्ये स्वामिकार्तिक गाँउपालिकामा  ३ जना इञ्चार्ज, बुढी नन्दा नगरपालिकामा दुइ जना सह इञ्चार्ज, बडीमालिका नगरपालिकामा तिन जना सह इञ्चार्ज, त्रिवेणी नगरपालिकामा ३ जना सह इञ्चार्ज, बुढीगंगा नगरपालिकामा १ जना सह इञ्चार्ज र खप्तड छेडेदह गाँउपालिकामा ३ जना सह इञ्चार्ज तोकेको बताएको छ ।

विज्ञापन

जिल्लाका दुइवटा पालिकाहरुमा भने सह इञ्चार्ज तोक्न केही तालमेल मिलाउन बाँकी रहेकोले केही समय लाग्ने बताइएको छ । तेस्रो नम्बरको निणर्य अनुसार कम्रेड रमेशराज बिश्वकर्माको संयोजकत्वमा ५ सदस्यिय जिल्ला स्तरिय प्रचार प्रसार समिति, देवेन्द्र बुढाको संयोजकत्वमा ७ सदस्यिय निर्वाचन अवधिभर परिचालन समिति गठन, जिल्ला कमिटिीका ७ जनाको कार्यदल टोलीको संयोजकत्वमा जिल्ला स्तरिय कार्यदल गठन, जिल्ला कमिटीको नेतृत्वमा निर्वाचनमा तालमेलको परिस्थिति समन्वय समिति र वाइसियल जिल्ला संयोजक हिक्मत शाहीको संयोजकत्वमा २०० जनाको युवा परिचालन गर्ने जनाएको छ ।

May be an image of 11 people, people sitting and people standing

युवा परिचालन समितिले जिल्लाका नौवटै पालिकामा दुइ दुइ शय जना युवाहरुलाई मार्चपास सहिति निर्वाचनको समयमा भइ परि आउने परिस्थितिलाई बुझेर प्रतिकार गर्न सक्ने गरी तालिम सहितका टोलिहरु खटाउने जिल्ला कमिटी पूर्ण बैठकले निणर्य गरेको छ ।

नेकपा माओवादी जिल्ला कमिटीको बिस्तारित पूर्ण बैठकले आसन्न स्थानिय तह निर्वाचनमा अरु राजनितिक दलहरु संग के कसरी तालमेल गर्ने भन्ने बिषयमा समिक्षा गरेको छ । त्यस्तै केन्द्रीय कमिटीको सर्कुलर अनुसार बाजुरा जिल्लामा पनि अवस्था र परिस्थिति हेरेर आफुहरुले जित्न सक्ने पालिका तथा वडामा टिकट पक्का साझेदारी तालमेल राजनितिक दलहरुसंग आग्रह गर्ने बताएको छ ।

सम्भवतः केही वडाहरु नेकपा माओवादी केन्द्र एक्लै लडेर पनि जित्ने पक्का भएता पनि पाँच दलिय गठबन्दनको निर्देशन अनुसार बाजुारा जिल्लामा कुनै आफ्नो वाहुल्यता र आफ्नो पक्षमा जनमत भएको पालिकामा प्रमुख पदका लागि उम्मेद्वारको टिकटको पक्का गर्न सकिने पनि बताउनु भएको छ । पत्रकार सम्मेलनको अध्यक्षता प्रेस सेन्टर बाजुराका अध्यक्ष शुरेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको संचालन प्रेस सेन्टर प्रदेश कमिटी सदस्य राजेन्द्र बिकले गरेका थिए । पत्रकार सम्मेलनमा जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार