होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Uncategorized
  • पाँचवटा बाख्रा एक ठाउँ भए पनि भैंसी जत्रो हुँदैन ‍‍‌‌‍‍:ओली
Uncategorized

पाँचवटा बाख्रा एक ठाउँ भए पनि भैंसी जत्रो हुँदैन ‍‍‌‌‍‍:ओली

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पाँचवटा बाख्रा एक ठाउँ भए पनि भैंसी जत्रो हुँदैन ‍‍‌‌‍‍:ओली

बझाङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका छन्। बझाङ सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए।

उनले पाँच दललाई बाख्राको संज्ञा दिए। ‘पाँचवटा बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन, ‘उनले भने, ‘उहाँहरु एमालेसँग चुनाव लड्न सक्नु हुन्न। बरु तल तल आफूलाई जोगाउन खुसुक्क एमालेसँग मिल्न तयार छन्।’

उनले पाँच दलले एक्लै एमालेसँग जुध्न आए सिङ भाँचिने पनि बताए। ‘एमालेसँग सिङ जुधाए भाँचिन्छ। एमालेसँग जसले सिङ जुधाउँछ त्यो भाँचिन्छ,’ उनले भने, ‘एमाले अलिकति पछाडि सरेको छ। तर पछाडि सरेको भेडाले अगाडि सरेर हान्दा कस्तो होला, तपाईंहरुलाई त थाहै होला।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै