नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले जिल्ला कमिटी बाजुराको तेस्रो पूर्ण बैठकले नयाँ ३ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।
सोमबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेको एमाले बाजुराको तेस्रो पूर्ण बैठकबाट बडीमािलका नगरपालिकाका जंग विक, स्वामीकार्तिक खापर गाउँपालिकाका दिलिप शाही र त्रिवेणी नगरपालिकाका खड्क साउँदलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको एमाले बाजुराका प्रचार विभाग प्रमुख काँशी विकले बताएका छन् ।
यस अघि एमालेको ७ औं जिल्ला अधिवेशनबाट ९० जनाको जिल्ला कमिटी बनेको थियो । पार्टीको तेस्रो पूर्ण बैठकले ३ जनालाई जिल्ला कमिटीमा मनोनित गरेसंगै अव एमाले बाजुराको जिल्ला कमिटी ९३ जनाको बनेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सदरमुकाम मार्तडीमा बसेको एमाले बाजुराको तेस्रो पूर्ण बैठकले यस अघि कोल्टीमा सम्पन्न भएको बैठकबाट भएका निणर्यहरु अनुसार गाउँ, टोल, वडा र पालिका स्तरमा भएका पार्टीका सम्पूर्ण गतिविधि लगायत चुनावी रणनितिका बारेमा बैठकमा छलफल हुने एमाले बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु