होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • जुम्लावासीको घर फर्कने क्रम सुरु
समाज

जुम्लावासीको घर फर्कने क्रम सुरु

  • नागरिक रैबार
जुम्लावासीको घर फर्कने क्रम सुरु

हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै जिल्ला फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको भारतको उत्तरखण्डको चमेली हुँदै घर फर्किएका तिला गाउँपालिका–१का हिमाल रावतले जानकारी दिए ।

गाउँमा रोजगारीका अवसर नभएपछि कामका लागि यहाँका बासिन्दा भारतसम्म पुग्ने गर्दछन् । दसैँलगत्तै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन् । “घरमै बसौँ रोजगारीका अवसर छैनन् । बेरोजगार भएर परिवार टुलुटुलु हेरेर बस्न सकिने अवस्था हुँदैन।” स्थानीयवासी विर्षबहादुर बुढाले भने, “कालापहाड रहर होइन, बाध्यता हो । हिउँदको सुक्खा याममा खेतीपातीका लागि कुनै काम हुँदैन । बालीनाली लगाउन फागुन महिनासम्म फर्किनुपर्छ । घर फर्कदा सीमानाकामा निकै सास्ती खेप्नुपरेको छ ।” जिल्लाका आठवटै स्थानीय तहका युवा जनशक्ति कालापहाड जाने गरेका छन् । गाउँमा रोजगारीको कुनै अवसर छैन । कालापहाड जानुको विकल्प पनि छैन ।

कर्णालीका सबैजसो जिल्लाबाट मजदुरीका लागि कालापहाड जाने भएकाले भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिने गरेका छन् । प्रदेश सरकारले कर्णालीका जनताका लागि प्रदेशमै रोजगारी सिर्जना गर्नेमा कुनै चासो नदेखाएको नागरिक समाजका अगुवाले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ हप्ता अगाडि

भर्खरै