होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सोलुखुम्बुमा हेलिकोप्टरबाट डढेलो निभाउँदा १९ लाख खर्च
समाचार

सोलुखुम्बुमा हेलिकोप्टरबाट डढेलो निभाउँदा १९ लाख खर्च

  • नागरिक रैबार
सोलुखुम्बुमा हेलिकोप्टरबाट डढेलो निभाउँदा १९ लाख खर्च

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित वन क्षेत्रमा लागेको डढेलो निभाउन सिम्रिक एयरको सवा १९ लाख बिल उठेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार सो गाउँपालिकाको सुर्के, नाक्चुङ र तातेलगायत बस्ती आसपासमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग गरिएको थियो ।

डडेलो नियन्त्रण गर्न तीन दिन लागेको थियो । पहिलो दिन ११७ बकेट, दोस्रो दिन २३ बकेट र तेस्रो दिन ९० बकेट गरी जम्मा २३० बकेट पानी हालिएको थियो । डडेलो नियन्त्रण गर्न सेना, प्रहरी तथा स्थानीय समेत खटिएका थिए ।

विज्ञापन

गाउँपालिकाका अनुसार स्थानीय सरकारको विपद् व्यवस्थापन कोषबाट १९ लाख २६ हजार ३३० रुपैयाँ हेलिकोप्टरको खर्च भुक्तानी गरिएको छ । अनलाइन खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार