होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • इन्जिनियरहरुको चुनाव जारी, पाँच समूह प्रतिस्पर्धामा
राजनीति

इन्जिनियरहरुको चुनाव जारी, पाँच समूह प्रतिस्पर्धामा

  • नागरिक रैबार
इन्जिनियरहरुको चुनाव जारी, पाँच समूह प्रतिस्पर्धामा

,काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएन (नेइए) को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ ।

३३ औं केन्द्रीय कार्यकारिणी समितिका लागि पाँच समूह प्रतिस्पर्धामा छन् । सत्ता नेतृृत्वकर्ता कांग्रेस पक्षधरका दुई समूहले छुट्टाछ्ुट्टै प्यानल खडा गरेका छन् ।

कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) दुई समूहमा विभाजित भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका डा. हरिबहादुर दर्लामी र दिलीप कुमार झा कांग्रेस निकट हुन् । दुबै पक्षले प्यानल सहित उम्मेदवारी दिएका छन् ।

विज्ञापन

दर्लामीलाई पार्टीको साथ छ भने झालाई सिडेनका ६ पूर्वअध्यक्षहरुको समर्थन छ । आफ्नै संगठनबाट वागी उम्मेदवार बनेपछि सिडेनले झासहित १३ जनालाई निष्कासन गरेको छ ।

यो पनि पढ्नुहोस
इन्जिनियरको चुनावमा कांग्रेसकै दुई प्यानल, कम्युनिस्टहरु तितरवितर
सत्ता गठबन्धनका अन्य तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट तीन दल निकटका इन्जिनियरहरुले डा. हरिराम पराजुलीको नेतृत्वमा प्रतिस्पर्धा गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन बनाएर उम्मेवारी दिएको छ । केन्द्रीय पदाधिकारीमा कोषाध्यक्ष लोसपा पक्षलाई दिएर गठबन्धन बनाइएको छ । एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान)ले अध्यक्षमा डा. सुरज लामिछानेलाई उठाएको छ ।

केन्द्रमा यसअघि उम्मेदवार नबनाएको नेपाल मजदुर किसान पार्टीले समेत यसपटक छुट्टै प्यानल बनाएको छ । राजेन्द्र प्रसाद हाडाको नेतृत्वमा नेमकिपा निकट इन्जिनियर समाज प्रतिस्पर्धामा छ ।

देशभरका १४ स्थानमा विहान ९ बजेदेखि सुरु भएको मतदान साँझ पाँच सकिने बताइएको छ । मतदाताहरु २१ हजार ६८० छन् । निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षे हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि