होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिति
समाचार

राष्ट्रिय परीक्षा बोर्डमा बेथिति

  • नागरिक रैबार
राष्ट्रिय परीक्षा बोर्डमा बेथिति

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ। उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी भर्ती केन्द्रका रूपमा चिनिएको छ।

२०४६ सालमा ऐन आए पनि २०४८ सालदेखि मात्र स्थापना भएर काम शुरू गरेको परिषद्ले २०५० सालबाट परीक्षा सञ्चालन गर्न थालेको थियो। बोर्डमा हाल ३ सय ८१ कर्मचारी कार्यरत छन्। तीमध्ये १ सय २२ जना मात्र स्थायी कर्मचारी हुन्। बाँकी १ सय ५९ जना कर्मचारी अस्थायी, करार र ज्यालादारी छन्।

विगत ८ वर्ष अघिदेखि अधिकांश शिक्षामन्त्रीका आफन्त भर्ती केन्द्र बनेको बोर्डमा १७ वर्षदेखि करार र अस्थायी कर्मचारी छन्। बोर्डका सदस्य सचिव हाबी रहेको बोर्डले कर्मचारीलाई स्थायी गर्ने विषयमा बहस चलाए पनि कार्यन्वयन शून्य छ।

विज्ञापन

तथ्यांकअनुसार बोर्डमा अधिकृतदेखि परीक्षाको गोप्य शाखामा बस्ने अधिकांश कर्मचारी करारका छन्। बोर्डमा १९ जना स्थायी उपसचिव छन्। बाँकी ४२ जना अधिकृतमध्ये अधिकांश करार र अस्थायी दरबन्दीमा काम गरिरहेका छन्। अधिकांश कर्मचारीको उमेर हद कट्न लाग्दा समेत स्थायी हुन सकेका छैनन्। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि