होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बिना जानकारी किन बझाङ ‘ल्यान्ड’ भयो हेलिकोप्टर, को आएका थिए ?
समाचार

बिना जानकारी किन बझाङ ‘ल्यान्ड’ भयो हेलिकोप्टर, को आएका थिए ?

  • नागरिक रैबार
बिना जानकारी किन बझाङ ‘ल्यान्ड’ भयो हेलिकोप्टर, को आएका थिए ?

बझाङ: बिहीवार दिउँसो बझाङको थलारा गाउँपालिका–९ छालागडास्थित सेती किनारमा एक हेलिकोप्टर ल्यान्ड भयो। स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर पुगेको उक्त हेलिकोप्टरबारे सबैले चासो व्यक्त गरे।

सेती नदी किनारमा उत्रिएको आधा घन्टापछि उक्त कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकोप्टर फर्किएको थियो। भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केको भनेर त्यहाँका वडाअध्यक्ष मोहनराज जोशीले बताएका थिए। स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको ती भारतीयले भनेको बताएका थिए। उनीसँग त्यो बाहेक अन्य कुनै जानकारी थिएन। त्यसपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेको तर प्रहरी पुग्नुअघि नै हेलिकोप्टर फर्किएको थियो।

उक्त हेलिकप्टरमा पश्चिम सेती परियोजनाका लागि स्थलगत अवलोकन गर्न नेपाली नागरिक नै आएको जिल्ला प्रशासन बझाङले जनाएको छ। उनीहरु सुर्खेतबाट आएको बुझिएको सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले बताएका छन्। ‘माथिबाट नै खटाइएको र केही प्राविधिक समस्याले हामीलाई जानकारी गर्न समस्या भएको बताएका छन्’ उनले भने, ‘हेलिकप्टरमा नेपाली नागरिक नै आएको भनेर सुर्खेत टावरबाट जानकारी आएको छ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार