होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • रंगमान शाहीकाे स्वतन्त्र उम्मेदवारी विरूद्व बल्देव रेग्मीकाे उजुरी
Breaking News

रंगमान शाहीकाे स्वतन्त्र उम्मेदवारी विरूद्व बल्देव रेग्मीकाे उजुरी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रंगमान शाहीकाे स्वतन्त्र उम्मेदवारी विरूद्व बल्देव रेग्मीकाे उजुरी

नागरिक रैबार
बाजुरा २४ असाेज ।
बाजुराकाे प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका एमालेका रंगमान शाहीका विरुद्धमा नेकपा एमालेको तर्फबाट साेही प्रदेशका उमेदवार बल्देव रेग्मीले मुख्य  निर्वाचन अधिकृत कार्यालय बाजुरामा उजुरी दिएका छन ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्तीका अनुसार स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका शाहीले उम्मेद्बारी दर्ता गर्दा आफु स्वयं उपस्थित नभई प्रतिनिधि मार्फत स्वतन्त्रमा कृत्य गरेर  उम्मेद्बारी दर्ता गराएको भन्दै प्रदेश सभा (क) मा एमालेबाट उम्मेदवारी दर्ता गरेका रेग्मीले उजुरी दर्ता गराएको हुन्।
निर्वाचन कार्यतालिका अनुसार आज उमेदवार विरुद्ध उमेदवारले नै उजुरी दिने दिन सक्ने समय ताेकेकाेले उमेदवार विरुद्ध उजुरी आएको मुख्य निर्वाचन  अधिकृतको कार्यालयले जनाएको छ । भोलि उक्त उजुरी उपर जाँचबुझ गरिने छ । प्रदेश निर्वाचन क्षेत्र (क) मा एमालेले आफुलाई नदिएर बल्देव रेग्मीलाई टिकट भन्दै शाहीले स्वतन्त्रमा प्रतिनिधि मार्फत उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्रमा उम्मेदवारी दिएका शाही एमालेकाे सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन् भने एमालेबाट उम्मेदवारी दिएका रेग्मी  प्रदेश कमिटी उपसचिव हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै