नागरिक रैबार/बाजुरा २४ असाेज।राप्रपाबाट बाजुराकाे प्रदेश सभा (ख) निर्वाचन क्षेत्रमा हिमाल शाहीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार सदरमुकम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराका पूर्व सचिव समेत रहेका शाहीले उम्मेदवारी दर्तापछि भने प्रदेश(ख) का जनताकाे जिवनयापनमा परिवर्तन ल्याउन परिवर्तन चाहेको र हालका ठुला दलहरुले जनचाहाना अनुरुप काम गर्न नसकेकोले देशव्यापी रुपमा राप्रपाले जित्ने बताए । उनले भने, ‘जनताले विकल्प खोजिरहेका छन्, अबको वैकल्पिक शक्ति भनेको राप्रपा नै हो ।’
फेसबुक प्रतिक्रियाहरु