होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कुन तहमा कहाँका कर्मचारी खटिने ?
समाचार

कुन तहमा कहाँका कर्मचारी खटिने ?

  • नागरिक रैबार
कुन तहमा कहाँका कर्मचारी खटिने ?

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहको प्रशासकीय प्रमुख पदमा एक तह माथिको सेवाको कर्मचारी खटाउने प्रस्ताव गरेको छ । निजामती सेवा ऐनको प्रस्तावित संशोधन विधेयकमा प्रदेश सरकारको प्रमुख सचिव संघीय निजामती सेवाको र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा प्रदेश निजामती सेवाको कर्मचारी खटाउने तयारी गरेको हो ।

प्रस्तावित विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवमा संघीय निजामती सेवाको कर्मचारी खटिने र ऊ प्रदेश सरकारप्रति उत्तरदायी हुने व्यवस्था गरिएको छ । यस्तो हुदाँ कहिलेकाही संघीय र प्रदेश तहबीच द्वन्द्व भए पनि सम्बन्धित प्रमुख सचिव प्रदेश तहप्रति जवाफदेही हुनेछ ।

विधेयकमा प्रदेश निजामती सेवाबाटै प्रदेश मन्त्रालयका सचिवहरू खटाउने व्यवस्था छ । तर प्रदेशमा उपलब्ध नभए संघीय निजामती सेवाका कर्मचारी खटिनेछन् । त्यसरी प्रदेश तहमा खटिने कर्मचारी प्रदेश तहमा कार्यरतभन्दा कनिष्ठ कर्मचारी हुन नहुने व्यवस्था छ ।

विज्ञापन

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पदमा प्रदेश निजामती सेवाबाट पदपूर्ति हुनेछ । तर प्रदेशबाट पदपूर्ति नहुञ्जेल संघीय निजामती तहबाट खटाउने व्यवस्था छ । त्यसरी खटिने कर्मचारीहरु स्थानीय तहमा कार्यरत कर्मचारीहरुभन्दा वरिष्ठतम हुनुपर्नेछ ।

स्थानीय र प्रदेश तहमा कुन तहका कर्मचारी खटिने भन्नेबारेमा सत्तारुढ दलहरूबीच नै मतभेद छ । कांग्रेसलगायत केही दल स्थानीय तह र प्रदेशको प्रमुख पदमा संघीय निजामती सेवाका कर्मचारी खटाउनुपर्ने अडानमा छन् ।

माओवादीलगायतका केही दलहरु भने स्थानीय र प्रदेश तहमा सम्बन्धित तहकै कर्मचारी खटाउनुपर्ने अडान राख्दै आएका छन् ।

अर्थ मन्त्रालयमा स्वीकृतका लागि पेस भएको विधेयक त्यसबाट कानुन मन्त्रालयबाट स्वीकृत भएपछि फेरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फर्किन्छ अनि मन्त्रिपरिषद्मा पेस हुन्छ । मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त विधेयक संघीय संसदमा पेस हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै