एजेन्सी । करिम बेन्जेमाले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि लियोनल मेसीको पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा दोस्रो लेगको पहिलो हाफमा केलियन एम्बाप्पेले गोल गर्दा पीएसीले समग्रमा २–० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा १७ मिनेटको अन्तरमा फ्रान्सेली सुपरस्टार बेन्जिमाले तीन गोल गरेपछि पहिलोपल्ट च्याम्पियन्स लिग जित्ने पीएसजीको लक्ष्य यो सिजनका लागि समाप्त भएको छ । बेन्जेमाले ६१, ७६ र ७८औं मिनेटमा गोल गरेर ह्याट्रिक गरे ।
पीएसजीको मैदानमा अघिल्लो महिना भएको पहिलो लेगमा पीएसजी १–० ले विजयी भएको थियो।
फेसबुक प्रतिक्रियाहरु