होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दोहोरो अङ्कले घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार
समाचार

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार

  • नागरिक रैबार
दोहोरो अङ्कले घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार

२७ माघ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार जसो घटिरहेको बजार बिहीबार ११ दशमलव ९६ अंकले घटेर २ हजार ८ सय १ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७० अंकले घटेको छ ।

कारोबार रकममा भने बुधबारको तुलनमा बिहीबार झिनो सुधार देखियो । बुधबार ३ अर्ब ४९ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

बिहीबार कारोबार भएका २२७ कम्पनीहरु मध्ये अधिकांश गुमाउँदा केही कम्पनीहरुको सेयर मूल्य भने बढेको छ ।

विज्ञापन

सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा व्यापार समूहमा रहेका कम्पनीहरु देखिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन, सिन्धु विकास बैंक, एनटीसी, आईसीएफसी लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि