होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारले फेरि घटायो बजेट
समाचार

सरकारले फेरि घटायो बजेट

  • नागरिक रैबार
सरकारले फेरि घटायो बजेट

काठमाडौं । सरकारले फेरि बजेट खर्चको लक्ष्य घटाएको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएका हुन् । सरकारले १५ खर्ब ४६ अर्ब अर्थात् ९४.७ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको छ ।

यसैगरी, चालु खर्च १० खर्ब ३५ अर्ब, पुँजीगततर्फ तीन खर्ब ४१ अर्ब र वित्तीय व्यवस्थातर्फ एक खर्ब ४९ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

विज्ञापन

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेटको आकार मन्त्री शर्माले अध्यादेशमार्फत करिब १५ अर्ब रुपैयाँ घटाएका थिए ।

अर्थ मन्त्रालयले राजस्व र अनुदानमार्फत स्रोत व्यवस्थापन गर्ने बजेट लक्ष्य पनि घटाएको छ ।

अर्धवार्षिक समीक्षामा आर्थिक वृद्धिदर र मुद्रास्फीतिको दरमा भने संशोधन गरिएको छैन ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार