होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विदेश पठाइदिने भन्दै ३६ जनाबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने महिला पक्राउ
समाचार

विदेश पठाइदिने भन्दै ३६ जनाबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने महिला पक्राउ

  • नागरिक रैबार
विदेश पठाइदिने भन्दै ३६ जनाबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने महिला पक्राउ

काठमाण्डौँः विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने एक महिलालाई प्रहरीले काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको छ।

पोखरा घर भएकी ३७ वर्षकी डाक्टर क्रिष्टना गुरुङ नाम राखेकी कान्ति राना गुरुङले जर्मनी पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरीपछि पीडितको जाहेरी अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई गएको आइतवार पक्राउ गरेको थियो।

उनको कोठामा छापा मार्दा २१ वटा राहदानी, नाता प्रमाणित प्रमाणपत्र, अविवाहित प्रमाणपत्र, प्रहरी चारित्रिक प्रमाणपत्र लगायतका कागजात बरामद भएको प्रहरीले जनाएको छ।

विज्ञापन

अहिलेसम्म कान्ति गुरुङबाट ठगिएका ३६ जना व्यक्ति सम्पर्कमा आएका र उनीहरुबाट दुई करोड ३१ लाख रुपैयाँ रकम लिएर ठगेको पाइएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। उनले अरु व्यक्तिलाई पनि ठगेको हुन सक्ने शङ्कामा प्रहरीले जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

घटनामा जोडिएका अन्य व्यक्तिको खोजी भइरहेको छ। कान्तिबाट ठगिएका अन्य व्यक्तिहरु भएमा महानगरीय प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दर्ता गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै