होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले अधिवेशन: लेखराज र कर्ण थापाविरुद्ध मोर्चाबन्दी !
समाचार

एमाले अधिवेशन: लेखराज र कर्ण थापाविरुद्ध मोर्चाबन्दी !

  • नागरिक रैबार
एमाले अधिवेशन: लेखराज र कर्ण थापाविरुद्ध मोर्चाबन्दी !

धनगढी: नेकपा (एमाले) कैलालीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ। अध्यक्ष लगायत पदाधिकारीमा सहमति नभएपछि निर्वाचन भइरहेको हो। वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन्। उनीहरु दुवै केपी शर्मा ओलीनिकट हुन्।

जिल्ला अध्यक्षमा विगतदेखि नै एमाले पृष्ठभुमी भएका दुई नेताबीच प्रतिस्पर्धा भइरहे पनि चुनावमा पूर्वमाओवादीविरुद्ध एमाले एक ठाउँमा देखिएको छ। माओवादी छाडेर एमाले रोजेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले अध्यक्षमा थापालाई सहयोग गरेका छन्। उनको प्यानलबाट सचिवमा पूर्वमाओवादी दानबहादुर बिक चुनावी मैदानमा छन्।

भट्टले आफ्ना स्वकीय सचिव हितेश ओझालाई पनि थापा प्यानलबाटै चुनाव लडाएका छन्। भट्टसँगै एमाले सुदूरपश्चिमका सहइञ्चार्ज कर्ण थापाले पनि थापा प्यानललाई नै सहयोग गरेका छन्। केन्द्रीय सचिव भट्ट पक्षधरका रतन थापाविरुद्ध एमालेका नारदमुनी राना, झपट रावल, लिला भण्डारी, कमला वली, दीपक देवकोटा लगायतका नेताले मोर्चावन्दी गरेका छन्।

विज्ञापन

उनीहरुले चन्द प्यानललाई साथ दिएका छन्। त्यो प्यानललाई एमालेका पूर्व उपाध्यक्ष भीम रावलको पनि साथ छ। ‘लेखराजले रतन थापालाई साथमा लिएर आफ्नो प्यानल बनाएका छन्,’ एमाले कैलालीका एक नेताले भने, ‘त्यो प्यानलमा पूर्वमाओवादीको समर्थन छ। तर एमालेका २० प्रतिशत कार्यकर्ता पनि छैनन्। केन्द्रीय सचिव भए पनि एमाले कार्यकर्ताले लेखराजलाई स्वीकार गरेको देखिएन। ८० प्रतिशतभन्दा बढी एमाले कार्यकर्ता चन्द प्यानलको साथमा छन्।’

ती नेताका अनुसार गोदावरी नगर कमिटीको विवादका कारण लेखराजले चन्दलाई अध्यक्षमा स्वीकार नगरेका हुन्। ‘गोदावरीमा लेखराजले आफ्ना भाई गोकर्णलाई नगर अध्यक्ष बनाउने प्रयास गरेका थिए,’ ती नेताले थपे, ‘तर चन्दले आनन्द भट्टलाई अगाडि बढाए। सोही समयदेखि चन्द र लेखराजबीच दूरी बढेको हो।’

केन्द्रका नेताहरुको पनि यसपटक चन्दलाई अध्यक्षमा सहमति गर्न आग्रह गरेका थिए। ‘चन्द अन्यायमा परेका नेता भएकाले यसपटक उनको नाममा सहमति गर्न केन्द्रबाटै लेखराजलाई आग्रह गरिएको थियो,’ एमाले कैलालीका अर्का नेताले भने, ‘तर लेखराजले चन्दलाई स्वीकार गर्न सकेनन्।’ लेखराज निकट नेताले भने अध्यक्ष ओलीको नीति र एमाले जोगाउनका लागि रतन थापालाई अगाडि सारेको बताएका छन्। ‘ओलीको नीति र नेतृत्वविरुद्ध चन्दलाई अघि सारिएको हो,’ एक नेताले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार