होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराबाट प्रतिनिधि सभाको निर्वाचनमा डा. तिमिल्सिनाको चर्चा
Breaking News

बाजुराबाट प्रतिनिधि सभाको निर्वाचनमा डा. तिमिल्सिनाको चर्चा

  • नागरिक रैबार
बाजुराबाट प्रतिनिधि सभाको निर्वाचनमा डा. तिमिल्सिनाको चर्चा

बाजरा । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बाजुरा जिल्लाबाट डा. अंगराज तिमिल्सिना उम्मेदवार बन्ने चर्चा चलेको छ । विद्यार्थी कालमा नेविसंघमा रहेर काम गरेका तिमिल्सिना चुनावको घोषणा संगै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्ने चर्चा चलेको हो ।

बाजुराको जनप्रकाश माविबाट एसएलसी पास गरेका डा. तिमिल्सिना अमेरिकाको ¥यान्ड ग्रयाजुयट स्कुलबाट अर्थशास्त्रको नीति विश्लेषणमा विद्या वारिधी गरेका हुन् । तिमिल्सिना बाजुराको हिमाली गाँउपालिका–७ बाँधुका स्थायी बासिन्दा हुन् ।

सुशासन र दिगो विकासमा दख्खल राख्ने डा. तिमिल्सेना बिगत १६ वर्षदेखि संयुक्त राष्ट्र संंघमा अन्तर्राष्ट्रिय बीज्ञ तथा सल्लाहकारका रुपमा कार्यरत छन् ।उनले कान्तिपुर दैनिक लगायतका राष्ट्रिय सञ्चार माध्यमहरु मार्फत नेपालको विकास, समृद्धि, सुरक्षा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा लेख र बहस मार्फत आफ्ना बिचार प्रस्तुत गर्दै आएका छन् ।

विज्ञापन

सय भन्दा बढि देशको भ्रमण गरिसकेका तिमिल्सिनाले बीज्ञका रुपमा ४० भन्दा बढि देशलाई सुशासन, बिकास र समृद्धिका सम्बन्धमा नीतिगत सुझाव समेत दिएका छन् ।

उनले कोरिया, ईटली, सिंगापुर, अमेरिका, अष्ट्रिया लगायतका देशका विश्वविद्यालयमा आफ्नो ज्ञान आदान प्रदान गरेको अनुभव पनि संगालेका छन् ।आफ्नो अनुभव, ज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र बाँकी जीवन जन्मभूमि बाजुरा, सुदूरपश्चिम र देशको विकास र जनताको सेवामा समर्पित गर्ने सोचका साथ डा. तिमिल्सिना संयुक्त राष्ट्र संघको जागीर छोडेर राजनीतिमा होमिने भएका हुन् ।

बाजुराको विकास र समृद्धि चाहने बिभिन्न तह र तप्काका व्यक्तिहरुले तिमिल्सिनालाई प्रतिनिधि सभामा उम्मेदवार बन्न दवाव दिदै आएका छन् । बाजुराका सबै पार्टी र पक्षलाई मिलाएर लैजानसक्ने क्षमता भएकोले उनले चुनाव सहजै जित्ने बताईन्छ । paschimtoday.com साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार