काठमाडौँ — कान्तिपुरकर्मी अब्दुल्लाह मियाँ सम्मानित भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा मियाँसहित ४ जना पत्रकारलाई सम्मान गरेको हो ।
प्राकृतिक स्रोतको अधिकार, संरक्षण, व्यवस्थापन र सामुदायिक वनका अभ्यासहरूलाई सञ्चारमार्फत उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मियाँसहित नेपाल टेलिभजनका रामप्रसाद भण्डारी, जनता टेलिभजनका टंक पन्त र आर्थिक न्युजकी सम्झना बडुवाललाई सम्मान गरिएको हो ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वन तथा वातावरणमन्त्री प्रदीप यादवले मंगलबार आयोजित कार्यक्रमकाबीच उनीहरुलाई दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गरेका थिए ।
यसैगरी काठमाडौंको रानीवारी सामुदायिक वन उपभोक्ता समूह र काभ्रेको धारापानी महिला सामुदायिक वन उपभोक्ता समूहलाई पनि सम्मान गरिएको छ ।
यस्तै, विगतमा सामुदायिक वन संरक्षण अभियानमा सहभागी भई वैशाखमा भएको स्थानीय तहको चुनाव जितेका जनप्रतिनिधिहरूलाई पनि सम्मान गरेको छ । देशभरका १ सय जनप्रतिनिधिमध्ये कार्यक्रममा सहभागी भएका ६० जना प्रतिनिधिलाई पूर्वप्रधानमन्त्री ओलीले सम्मानपत्र प्रदान गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु