होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, कार्तिक १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी
समाचार

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

  • नागरिक रैबार
सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ। राप्रपा निकट रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा तालाबन्दी गरेको हो। संगठनले सुपवि कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अंश वर्मालाई व्यक्तिगत कारणले एन.क्यु. लगाएर परिक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको हो।

“विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परिक्षामा सहभागी हुन पाउने नियम छ तर अधिकांश विद्यार्थीहरुको ८० प्रतिशत नपुगेतापनि परिक्षामा सहभागी भैरहेका छन्” संगठनका इकाई कमिटि अध्यक्ष प्रेम रावलले भने “नियम सबैका लागि समान हुनुपर्छ कि त कसैलाई बस्न दिनु भएन कि सबैलाई बस्न दिनु पर्यो, व्यक्तिगत मुद्दा लिई एन.क्यु. लगाई परिक्षामा सहभागी हुनबाट बन्चित गर्न पाइदैन।”

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै